एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने

न्युजलय १४ माघ २०७९, शनिवार ०९:४० मा प्रकाशित

बुटवल । नायिका तथा संचार उद्यमी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन्।

शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमको आयोजना गरि गौतमलाई पार्टी प्रवेश गराउन लागिएको पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले जानकारी दिए।

गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको चौधरीले बताए।