मेष । आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
वृष । सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।
कर्कट । आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
सिंह । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कन्या । आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजार र व्यवसायम पनि मन्दी आउनसक्छ ।
तुला । आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।
वृश्चिक । आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।
धनु । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।
मकर । घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।
कुम्भ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।
मीन । आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।