धरान । सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को श्रीलंका टापुमा चार घर बगाएको छ ।
सप्तकोसीले पश्चिम तटबन्धमा तीब्र कटान गर्न थालेपछि अन्य २ सय घर परिवार बाढीको उच्च चपेटामा परेका हुन्। कोसी नदीमा आएको बाढी मानव बस्तीमा पसेपछि श्रीलंका टापुको चिलिया टोलका विश्वनाथ उराँउ, अजमलाल उराँउ, कलदेवी उराँउ र अर्का कालुदेवी उराँउको घर बगाएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए।
उनले बाढीबाट विस्थापित परिवारलाई अस्थायी बसोवासको व्यवस्थासहित सुरक्षित स्थानमा सारिएको बताए। विस्थापित परिवारलाई रेडक्रस र नगरपालिकाबाट लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ।