चलचित्र ‘हिजो आजका कुरा’ आजबाट देशभरका हलमा

न्युजलय २८ असोज २०७९, शुक्रबार ०९:३७ मा प्रकाशित

काठमाडौं । आजदेखि चलचित्र ‘हिजो आजका कुरा’ देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ ।  


साकार पन्त निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको सिरिजकै फिचर स्वरुप हो । सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रिमा विश्वकर्मा, रमा थपलियाको प्रमुख भूमिका रहेको फिल्म २ घण्टा ३० मिनेट लामो छ ।


काठमाडौंको आधुनिक परिवारको कथा फिल्मले पेश गर्छ । खासगरि, अघिल्लो दशकका दर्शक जसले हिजो आजका कुरा हेरेर हुर्किए, उनीहरुको लागि फिल्म रुचिकर हुनसक्छ ।