काठमाडौँ । बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।