झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, इटहरीका तामाङ घाइते

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार १०:५७ मा प्रकाशित

झापा ।  झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भ्एको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।

दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा शुक्रबार(आज) बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । 

सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।