सुनको मूल्य स्थिर

न्युजलय १८ कार्तिक २०८२, सोमबार १२:१४ मा प्रकाशित

काठमाडौँ। सोमबार सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।