काठमाण्डौ । स्नातकोत्तर तहमा अध्ययन गर्दै गरेकी रुवि श्रेष्ठ विगत चार बर्षदेखि नेपाली चलचित्रको प्रचार प्रसारमा सक्रिय रहदै आएकी छन् ।
मेरि मामु चलचित्रबाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी उनले सय कडा दश, कुम्भ कर्ण, सानो मान्छे, इन्टु मिन्टु लण्डनमा लगायत अन्य थुप्रै चलचित्रमा काम गरेको बताएकी छन् ।
अहिले रिलिज भैरहेको चलचित्र कृष्णलीलामा पनि उनी आबद्ध छिन् भने प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेम गित ३’ को प्रचार प्रसारको जिम्मेवारी पाएकी छन् । चलचित्र असोज ७ मा नेपाल तथा भारतमा पनि रिलिज हुने भएको छ।
श्रेष्ठले मेरि मामु देखि नै आसुशेन प्रोडक्सनमा जोडिएको बताइन् ।