बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा शुक्रबार नेपाल आउने

न्युजलय ७ मङ्सिर २०७९, बुधबार ०४:०७ मा प्रकाशित

 काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । 

उनी शुक्रबार काठमाडौं आउने भएका हुन् । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन् । उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन् ।

शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिने छन् । उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।