पाल्पामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ जना घाइते

न्युजलय २२ जेठ २०८०, सोमबार ०७:१३ मा प्रकाशित

तानसेन । रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको जिप पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतक चारै जनाको  सनाखत भएको छ।  

लु १ च ९०२४ नम्बरको जीप आइतबार बेलुका दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका हुन्। 

दुर्घटना भएको बलेरो जिप रातो प्लेटको निजी सवारी साधन रहेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।