इलाममा श्रीमतीको हत्या पछि एक पुरुषले गरे आत्महत्या

न्युजलय २२ असार २०८०, शुक्रबार १०:१२ मा प्रकाशित

इलाम । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका पिताम्बर खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार राति चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् । पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।