नेपाल थाइल्यान्डसँग पराजित

न्युजलय ११ चैत २०७८, शुक्रबार ०१:४६ मा प्रकाशित

काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । चोनबरीमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० पराजित भएको हो । 


पहिलो हाफ बराबरीमा सकिएकोमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको हो । थाइल्यान्डले खेलको ७७ औँ र ८८ औँ मिनेटमा गोल गर्‍यो ।


एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेको हो । 


यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।


एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।