भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

न्युजलय ६ पुस २०८२, आइतबार १२:२८ मा प्रकाशित

ताप्लेजुङ । बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । 

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।