रवी ओडको स्वरमा रहेको गीत ‘त्यो मान्छे’ सार्वजनिक (भिडियोसहित)

न्युजलय २८ पुस २०७९, बिहिबार १२:४७ मा प्रकाशित

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेता रवी ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ।

जनसवाल मिडिया प्रालीले उत्पादन गरेको उक्त गीतलाई सवाल मिडियाले बजारमा ल्याएको हो। गीतको शब्द भने नारायण सिंह क्षेत्रीको रहेको छ।

गीतमा भीम बिसिको  संगीत रहेको छ भने राज भण्डारी र सविना राउतको अभिनय रहेको छ। उनीहरूलाई गीतका निर्देशक भुपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतका कलाकारले साथ दिएका छन्।