पहिरोले घर बगाउँदा गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु

न्युजलय २२ साउन २०८१, मङ्गलबार ०१:२३ मा प्रकाशित

काठमाडौँ । गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका –१ बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको हो।

पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनको श्रीमती २३ वर्षकी मुना विक घाइते भएका छन्। लगातारको वर्षापछि घरमाथीबाट लेदो सहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरेको थियो।

घटनापछि प्रहरीले २ जनालाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ।