काठमाण्डौ । म्यानमारमा प्रदर्शनकारीको भीडमा सेनाले ट्रक चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
म्यानमारको व्यवसायिक राजधानी याङ्गुनमा आइतबार भएको प्रदर्शनमा सेनाले बल प्रयोग गरेको हो।
प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ट्रकबाट जोगिनका लागि भाग्दै गरेका प्रदर्शनकारीहरुमाथि गोली प्रहार गरेका थिए। उनीहरुलाई पक्राउ गरेर सैनिकले कुटपिट गरेको थियो।
गएको फेब्रुअरीमा म्यानमार सैनिकले कू गरेर सत्ता हातमा लिएको थियो, त्यसयता निरन्तर प्रदर्शन हुँदै आएको छ। अहिलेसम्म १२ सयजना भन्दा धेरै मारिएका छन्।
हजारौँ मानिसलाई बन्धक बनाइएको मानव अधिकारवादी संस्थाहरुले बताएका छन्।