आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा

न्युजलय १० पुस २०८२, बिहिबार ०६:४५ मा प्रकाशित

काठमाडौँ । आज क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा  ‘क्रिसमस डे’ मनाइने गरिन्छ । आजभन्दा २ हजार २५ वर्षअघि २५ डिसेम्बरका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको बताइएको छ ।

दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । 

छिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।