सुनचाँदीको मूल्य घट्यो

न्युजलय १५ बैशाख २०८२, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो, जसअनुसार आज तोलामा १ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।

चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएकोमा सोमबार यसको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।