जनता माविमा चार सय सिटको लागि एक हजार दुई सय बढीले दिए प्रवेश परिक्षा

न्युजलय २६ चैत २०७९, आइतबार ०७:५५ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माविले विद्यार्थीहरुको इन्ट्रान्स परिक्षा लिएको छ । चार सय नयाँ विद्यार्थीको लागि लिइएको परिक्षामा एक हजार २३५ विद्यार्थी सहभागि बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिएका छन् ।

जनता मावमा पछिल्लो समय विद्यार्थी तथा अविभावकहरुको आकर्षण बढेको छ । विभिन्न निजी विद्यालय छाडेर जनतामा भर्ना हुन विद्यार्थीहरुले प्रवेश परिक्षाको फर्म भरेका थिए ।

जनता मािवले आफ्नो पुर्वाधार निर्माणलाई समेत तीव्रता दिएको छ । तर स्कुलमा भर्ना हुन चाहने विद्यार्थी संख्या भने अत्याधिक रहेकोले थप पुर्वाधार निर्माणमा राज्यले लगानी गर्नुपर्ने दंगालले बताएका छन् ।

जनता माविमा एसईईको नतिजा हेर्ने हो भने पनि निजि विद्यालयको भन्दा कम छैन । गत सालको एसईई परिक्षामा ३९ जना विद्यार्थीले ३.६ जीपिए कटाएका थिए भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जनता माविका प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार जनता माविमा अभिभावक र विद्यार्थीको चाहाना अनुसार अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई सञ्चालन भइरहेको छ । सुविधा सम्पन्न कक्षाकोठा, अत्याधुनिक ल्याब तथा लाइब्रेरीसहित स्कुलले दिएको निजी विद्यालयकै प्रतिष्पर्धी सुविधा र शिक्षा दिने गरेको छ ।