विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु

न्युजलय ९ पुस २०८२, बुधबार १२:४२ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–११ मा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०५७ प २२०३ र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा सुनसरीको गढी गाउँपालिका–२ का २३ वर्षीय शेखर यादव गम्भीर घाइते भएका थिए। उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

अर्का चालक विराटनगर–११ का ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन्। घटनापछि प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।