मेष । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरू हार खानेछन्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। वित्तीय वा सहकारी संस्थाबाट लाभ प्राप्त गर्न सकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नसोचेको कार्य सम्पादन हुनाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । व्यापार व्यवसायमा आफन्तहरूको सहयोग नमिल्ला। बुद्धिको उपयोगले प्रतिष्ठित कार्य सम्पादन गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा सकारात्मक सोचले अगाडि बढ्नु सफलता मिल्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिला। भौतिक संसाधन जुटाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह । कार्यक्षेमा मिठो बोलीले कार्य सिद्ध गर्न सकिएला। चासो लाग्ने कुरामा मन जानेछ। इष्टमित्रहरूबाट साथ सहयोग मिल्ला। आफन्तहरूसंग रमाइलो समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या । मानसम्मानमा वृद्धि हुनेछ विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
तुला । आज हजुर ऊर्जावान रहनुहुनेछ। धार्मिक मठ मन्दिरमा यात्राका योग छन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक । कार्यक्षेत्रमा गरेको योगदानको राम्रो प्रतिफल मिल्नेछ। मनमा उब्जेको कौतुहलबाट छुटकारा मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
धनु । कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। नोकरी वा पेशामा उपलब्धिले थप उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मकर । धर्मकर्ममा आस्था बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। दूरसञ्चार र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ । कार्यक्षेत्रमा अपुर्ण कार्य पूरा गर्नमा सहकर्मीहरूको साथ मिल्नेछ। चिताएको काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
मीन । कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
स्रोत हाम्रोपात्रो