सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

न्युजलय ७ असार २०८०, बिहिबार ०१:४२ मा प्रकाशित

जनकपुरधाम । धनुषामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान ओछ्यानमै सर्पले टोकेको थियो । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए ।

तर त्यहाँ उपचार सम्भव नभएपछि सिरहाकै फुलकुमारी मेमेरियल हस्पिटलमा लगिएको थियो । तर बालिकाको ज्यान जोगिन नसकेको परिवारका सदस्यले जानकारी दिएका छन् ।