इटहरी । इटहरीमा अन्तर्राष्ट्रिय स्तरको मेकअप सेवा दिने गरी क्याल्भरी मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।
इटहरी ९ स्थित कोशी कलेजको छेउ रोमिला बल तामाङले उक्त स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । तामाङसँग भारतको दार्जीलिङ, सिक्किम, माल्दिभ्सको लिली बिच रिसोर्ट तथा दिल्लीका प्रसिद्ध होटलहरूमा २० वर्षभन्दा बढी समय काम गरेको अनुभव छ । विदेशमा काम गरेको अनुभवलाई स्वदेशका दिदीबहिनीहरुमाझ साट्ने उद्देश्यले सेवा सुरु गरेको उनले बताइन् ।
स्टुडियोले दैनिक सेवा साथै तालिम समेत सञ्चालन गर्ने छ । अग्रिम बुकिङ गर्नेलाई प्राथमिकता दिइने जनाइएको छ । सेवा सञ्चालनको छोटो समयमा नै सेवाग्राहीहरुको मन जितेको उनले बताइन् ।
सेन्टरमा सञ्चालन गरिने तालिमले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ । 'नाफामुलक भन्दा पनि सेवामुलक उद्देश्यले हामीले मेकअप सेवा र तालिम सञ्चालनमा ल्याएका छौं,' उनले भनिन् ।