काठमाडौँ । भारतको ओडिशा राज्यको सम्बलपुरमा भात नपकाउँदा आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
गत आइतबार राती ४० वर्षिया सनाचन धरुआ राती घर आउँदा उनकी पत्नी पुष्पा धरुआले तरकारीमात्र पकाएर भात नपकाएका कारण उनीहरुबीच विवाद सुरुभयो सोही विवादको क्रममा उनले श्रीमति पुष्पामाथि कुटपीट गरे । कुट्पिटका कारण श्रीमति पुष्पाको मृत्यु भयो ।
घटना बारे तब मात्रै थाहा भयो जब उनीहरूको छोरा घर आइपुगे र आमालाई मृत्यु भएको अवस्थामा भेटे।
उनले प्रहरीलाई खबर गर्दा प्रहरीले अनुसन्धान गरी उनका श्रीमानले नै उनको कुटपीटबाट मृत्यु भएको स्विकार गरे ।