घट्यो सुनको मूल्य

न्युजलय १५ चैत २०७८, मङ्गलबार ११:०३ मा प्रकाशित

काठमाण्डौ । मंगलबार (आज) सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । 

यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ ।