सुनको मूल्यले बनायो नयाँ रेकर्ड

न्युजलय १२ पुस २०८०, बिहिबार १२:१३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार (आज) सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ।

आज तेजाबी सुन १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।