इटहरी । प्याब्सन सुनसरीको १५औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनमा अनुप तामाङ तीन वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा थानेश्वर ढकाल, उपाध्यक्षमा रमेश कार्की र विजय राई, सचिवमा गणेश भण्डारी, कोषाध्यक्षमा दिपक कार्की, सहसचिवमा मनोज यादव र गोपाल निरौला चयन भएका छन् । यसैगरी सह कोषाध्यक्षमा पुरुषोत्तम राई चयन भएका छन् ।
अध्यक्ष तामाङ धरान–१८ स्थित माउण्ट हर्मन एकेडेमीका प्रिन्सिपल हुन् भने वरिष्ठ उपाध्यक्ष ढकाल इटहरीस्थित मकालु इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।