काठमाडौँ । बुधबार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँ पुगेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ थियो । बुधबार तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ थियो ।