नेप्सेः २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

न्युजलय २७ पुस २०७८, मङ्गलबार ०६:१७ मा प्रकाशित

काठमाण्डौ । मंगलबार(आज) पनि सेयर बजारमा सकारात्मक देखिइरहेको छ ।

आज कारोबार सुरु भएको आधा घण्टामै २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ५० रूपैयाँ २० पैसा पुगेको छ । यस्तै, मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ५० रूपैयाँ २० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २६.६९ अंकले बढेर २८११.६३ को विन्दुमा पुगेको छ ।