इटहरीका २ जना सहित ब्राउन सुगरसहित चार जना पक्राउ

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार १२:३३ मा प्रकाशित

 इटहरी ।  इटहरी र इनरुवाबाट ब्राउन सुगरसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा ईनरुवा नगरपालिका – ३ महेन्द्र चौकमा मोटरसाइकलमा सवार सरोज मन्सुरी र हारुण मन्सुरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

को ५ प ३८१८ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो । वरामद भएको पदार्थ ४ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कानुनी प्रकृया शुरु गरिएको पनि सुनसरी प्रहरीले जनाएको छ ।

यसैगरि इटहरी –४ बाट पनि लागुऔषधसहित २ जनालाई प्रहरीले  प्रकाउ गरेको छ । ब्राउन सुगर कारोबार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा इलाकाक प्रहरी कार्यालय इटहरी बाट गएको प्रहरीले टिका राईको घर कोठा बिशेष खानतलासी लिएको थियो ।

सोही क्रममा टिका राई र सोही स्थानका १९ वर्षीय धनकुमार राईलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुको शरिर र कोठा समेत चेकजाच गर्ने क्रममा टिका राईको कोठाबाट प्लाष्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा लागुऔषध वरामद भएको प्रहरीको बताएको छ ।

प्रहरीका अनुसार डाइजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभिल १० एम्पुल वरामद भएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम सुनसरी जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरि आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।