पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ टाहारीकी एक महिला बंगुरको खोरमा मृत अवस्थामा भेटिएकी छन् ।
मृत्यु हुनेमा स्थानीय शुक्रवीर बेघाकी श्रीमती इन्द्रकुमारी बेघा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनको शव घर नजिकै रहेको बंगुरको खोरमा घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण खुल्न सकेको छैन ।
शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको पाँचथरका प्रहरीले जानकारी दिएको छ ।