काठमाडौँ । सोमबार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार हुनेछ ।