नेप्से ४१.७० अंकले बढ्यो

न्युजलय ४ साउन २०८३, सोमबार ०४:२९ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.७० अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको हो ।

आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

जहाँ २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।