एक आपस सहकारीको अध्यक्षमा कार्की तीन गुणा बढी मतले निर्वाचित

न्युजलय २ माघ २०८०, मङ्गलबार ०७:५६ मा प्रकाशित

इटहरी । इटहरीस्थित एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् ।

मंगलबार अध्यक्षका लागि भएको चुनावमा कार्कीले अर्की उम्मेदवार कमला दुलाललाई पराजित गरेका हुन् । कार्कीले २१३ मत पाउँदा दुलालले ६९ मत पाइन् । 

कार्यसमितिका बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएपनि अध्यक्षका लागि भने सहमती जुट्न नसकेपछि चुनाव भएको हो । सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोजकुमारी भुजेल, कैलास बिष्ट, डम्बरबहादुर बराईली छन् । यस्तै कृष्ण काफ्लेको संयोजकत्वमा बनेको लेखा समितिमा सुरेशराज दाहाल र रमेश खत्री सदस्य छन् ।

कार्की नेकपा एमाले वडा नं. ४ कमिटि अध्यक्ष हुन् भने उनले बगैंचा टोलविकास संस्थाको अध्यक्षको भुमिकासमेत २१ वर्षको उमेरमै निभाइसकेका थिए । उनको कार्यकालमा संस्थाको भवन निर्माण गरिएको थियो ।