भाषिक संघीयतासम्बन्धी अभियान चलाउँदै किरात राई यायोक्खा बेलायत

अर्जुन राई अपहेलित २४ कार्तिक २०७८, बुधबार ०२:३० मा प्रकाशित

काठमाडौं । बेलायतबासी किरात राई जातिको साझाप्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा (किराया) बेलायत केन्द्रीय कार्यसमितिले भाषिक संघीयतासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । 


कार्यक्रमले किराया बेलायत केन्द्रीय कार्यसमितिको वर्तमान संगठनात्मक संरचनालाई भाषिक संघीय संगठनात्मक संरचनामा रुपान्तरण गर्ने संकल्प प्रस्ताव पारित गरेको छ । यसलाई अभियानकै रुपमा लिएर अघि बढ्ने निर्णय गर्दै पूर्ण खाकासमेत सार्वजनिक समेत गरिसकेको छ । 


भाषिक संघीयता अर्थात् संस्थाको संघीय संगठनात्मक संचरना सम्बन्धि सार्वजनिक खाका माथि निरन्तर राष्ट्रिय, अन्तराष्ट्रिय छलफल गर्ने उद्देश्य अनुरुप बेलायत केन्द्रीय कार्य समितिले ३१ अक्टोबर मा संयुक्त अधिराज्य बेलायतको केन्ट काउन्टी अन्तर्गत आश्फोर्ड शहरमा अन्तरक्रिया गरेको छ ।


“मौलिकताको जगमा आधारित वृहत एकता, सबै भाषिक किरात राईहरुको समान पहँच र सहभागिता”भन्ने मूल नाराका साथ पहिलो कार्यक्रम भने किराया बेलायत केन्द्रीय कार्य समिति र किराया बेलायत प्रारम्भिक कार्य समिति ग्रेटर रस्मोरको संयुक्त आयोजनामा ११ सेम्टेम्बरमा फार्नबरोंमा भएको थियो ।


किराया बेलायत केन्द्रीय कार्य समितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि किरात राई चाम्लिङ खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगतबहादुर राई थिए । विशेष अतिथिहरुमा किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समिति नेपालका अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पुर्व अध्यक्ष पदम राई, तायामा खियामा महिला समिति युकेका अध्यक्ष रोजी राई रहेका थिए ।


कार्यक्रममा उपस्थितहरुलाई स्वास्थ्य एवं सुरक्षा सम्बन्धि जानकारी संस्थाका उपाध्यक्ष निलम राईले दिएकी थिइन् । यस्तै भाषिक संघीय संगठनात्मक संरचना अभियानका संयोजक उपाध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्दै स्वागत गरेका थिए । 


कार्यक्रमममा स्रोत व्यक्तिको रुपमा सामाजिक अभियन्ता तथा आदिवासी जनजाती चलचित्र महासंघ नेपालका सस्थापक अध्यक्ष दिपेन राई र किरात राई यायोक्खा बेलायतका केन्द्रिय सह कोषाध्यक्ष डा। महा राईले अवधारणा पत्र प्रस्तुत गरेका थिए । आदिवासी जनजाति चलचित्र महासंघ नेपालका संस्थापक अध्यक्ष तथा सहजकर्ता दीपेन राईले किरात राई यायोक्खाको संगठनात्मक संरचनाकै कारण कसरी किरात राई जातिको एकता कमजोर हुँदै गएको विषयमा आफ्ना तर्कहरु राखेका थिए ।


भाषिक संघीय संगठनात्मक संरचना अप्नाउँदा कसरी सबै २८ भाषिक÷थरी किरात राई साथै किरात राई महिलाहरु कार्यकारी तह अथवा निर्णायक स्थानमा पुग्छन, साक्षी बस्ने मात्र नभई आफ्नो र समग्र जातिको हितमा निर्णय गर्न सक्छन रु किरात राई जातिको वृहत एकतालाई वचाउँदै बेलायतबासी किरात राई सबैले स्वामित्वबोध गर्ने गरीे साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत कसरी निर्माण गर्न सकिन्छ रु भन्ने आदि विषयमा सहजकर्ताको प्रस्तुती केन्द्रीत रहेको थियो ।


कार्यक्रममा दश भाषिक संस्थाहरु तथा समुदायहरुको सहभागिता थियो । यस्तै कुलु गुस्खाम युकेका उपाध्यक्ष क्याप्टेन भुवानी प्रसाद राई, बाहिङ किरात मुलुखिम युकेका अध्यक्ष चक्र राई, उपाध्यक्ष क्याप्टेन रघुबीर राई, सचिव प्रभुराम राई, थुलुङ राई सामा युकेका महासचिव सर्वधन राई, वाम्बुले राई समाज युकेका उपाध्यक्ष नवल राई, साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिवराम राई, उपाध्यक्ष धर्मराज राई आदि उपस्थित थिए । चाम्लिङ, दुमी, पुमा, बान्तवा, लुङ्खिम आदि भाषिक समुदायबाट समेत कार्यक्रममा सहभागिता रहेको थियो ।


किराया बेलायतका पूर्व अध्यक्ष पदम राईले नयाँ संगठनात्मक संरचनाको बारेमा बताउनुका साथै खाका सार्वजनिक भएपछि कार्यान्वयनमा भाँजो हाल्नेहरु बढ्दै गएको बताएका थिए । संघीयता शब्दबाट नतर्सिन आग्रह गदै सबैले त्याग र समर्पणको भावनाले काम गर्न आग्रह गरे ।


प्रस्तुती पछिको प्रश्नोत्तर कार्यक्रममा बक्ताहरुले आफ्नो समुदायको विशिष्टता थाहा भएको र सकारात्मक सोचसहित उर्जा मिलेको बताएका थिए । संस्थाको विधान संशोधन÷पूनर्लेखन संयोजक तथा उपाध्यक्ष जीतेन्द्र साम्पाङ राईले नयाँ संगठनात्मक संरचनाको कार्यान्वयन साथै वैधानिकता माथि उठेको प्रश्नको उत्तर दिएका थिए ।


टिप्पणीकारको समेत जिम्मेवारी पाएका विशेष अतिथि किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समिति नेपालका अध्यक्ष रामचन्द्र राईले किरात राई जाति भित्रको विद्यमान अवस्थाको नैतिक जिम्मेवारी समेत लिन नचाहने र नसक्ने किरायाका वर्तमान नेतृत्वकै कारण जातिभित्रको संकट झन गहिरिएको आरोप लगाए । उनले किराया बेलायतले आत्मसाथ गरेको भाषिक संघीयताको उन्नत विचारको प्रसंसा गरे । 


कार्यक्रम संयोजक क्याप्टेन सुमन चन्द्र राईले उक्तकार्यक्रमको सार संक्षेपीकरण प्रस्तुत गर्दै धन्यवाद दिएका थिए । 


कार्यक्रममा चियापानको सम्पूर्ण ब्याबस्थापन लेमन लीफ रेष्टुरेण्ट एण्ड बार फोक्सटनले गरेको थियो । औपचारिक कार्यक्रमको संचालन संस्थाका महासचिव चन्द्रवती राईले गरेकी थिइन् ।