बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २८ चैत २०७९, मङ्गलबार ०५:०८ मा प्रकाशित

 काठमाडौँ । मङ्गलबार(आज) सुनचाँदीको मूल्य पुनः बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज मङ्गलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँ बढेको हो ।

छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर आज १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । 

यसैगरी यसअघि प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै, १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने आज बढेर १ हजार ४ सय ३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।