घट्यो सुनचाँदीको भाउ

न्युजलय १९ माघ २०८२, आइतबार ११:२३ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। 

शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको हो।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आइतबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । शुक्रबार तोलामा सात हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।