मोरङको सुनवर्षीका वडा सचिव कारागार चलान

न्युजलय २१ पुस २०८२, सोमबार ११:०८ मा प्रकाशित

मोरङ । बलात्कार आरोपमा पक्राउ परेका मोरङको सुनवर्षी नगरपालिकाका –२ का वडा सचिव ३१ वर्षीय ईश्वरराज रेग्मी कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश मणिराम ज्ञवालीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ घर भएका रेग्मीलाई प्रहरीले गत मंसिर २१ गते पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो ।

कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

बालिकालाई मंसिर १४ गते राति आफ्नै कोठामा राखेर बलात्कार गरेको आरोप लगाउँदै रेग्मीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।