हर्क साम्पाङले नगरपालिकाको लेटर प्याडबाट हटाए कोशी प्रदेश

न्युजलय २५ जेठ २०८०, बिहिबार ०३:२७ मा प्रकाशित

सुनसरी ।  मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको लेटरप्याडमा कोशी प्रदेशको ठाउँमा प्रदेश १ राखिएको पाइएको छ।

विगत केही दिनदेखि बढेको गर्मीका कारण उपहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा दिएको सार्वजनिक सूचनामा कोशी प्रदेशको ठाउँमा प्रदेश नम्बर एक राखिएको छ।

धरान उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश प्रसाद खतिवडाद्वारा हस्ताक्षरित लेटरप्याडमा कोशी प्रदेश हटाइएको छ। तर शिक्षा महाशाखाका प्रमुख खतिवडाले पूरानो लेटर प्याड पनि चलाउने भएकाले भुलचुक भएको बताए।