सुनसरी । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुलाई बराहक्षेत्रका मेयर रमेश कार्कीले सम्मान गरेका छन् ।
बराहक्षेत्रमा सम्पन्न कार्यसमितिको दोस्रो बैठकका क्रममा मेयर कार्कीले सम्मान गरेका हुन् ।
बराहक्षेत्र नगरपालिका वडा नं–६स्थित नेपाल रेडक्रस सोसाईटीको सभा हल चक्रघट्टिमा ओजना गरिएको कार्यक्रममा नगर प्रमुख कार्कीले प्रेस युनियन सुनसरीका सभापति धुब्र ढकालसहित सम्पूर्ण कार्यसमितिलाई सम्मान गरे ।
उनले सुनसरीमा प्रेस युनियनलाई अझै अगाडि बढाउन शुभकामनासमेत दिए ।