वैवाहिक बन्धनमा बाँधिए कलाकार बुद्धि तामाङ

न्युजलय ७ असोज २०७९, शुक्रबार १०:४० मा प्रकाशित

काठमाडौँ । कलाकार बुद्धि तामाङ शुक्रबार(आज) वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् ।

‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।