अन्तर्जातीय विवाहको निहुँमा घरमा आगजनी

न्युजलय १८ असार २०८०, सोमबार ११:१७ मा प्रकाशित

काठमाडौं । जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्। 

आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। 

उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।

भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।

यता मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरी भने सम्पर्कविहीन छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।