झापा । झापाको बुद्धशान्ति गाउँपालिका –१ मा भएको मोटरसाइकल दुर्घटनामा परी एक विद्यार्थीको मृत्यु भएको छ ।
शान्तिचोकमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी एलिसा अधिकारीको शुक्रबार राति मृत्यु भएको हो ।
उपचारको क्रममा उनको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीता रमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् ।