इटहरी । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) उपमहानगर समन्वय परिषद इटहरीले नौ वटा जातीय संस्थालाई कार्यलय व्यवस्थापनको सामाग्री वितरण गरेको छ ।
मंगलबार (हिजो) इटहरी –९ स्थित नेफिन इटहरीको सामुदायिक भवनमा अल्पसंख्यक ९ जातीलाई दुई दुई वटाको दरले कुर्सी र टेबल वितरण गरिएको हो ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संगिता चौधरीले आदिवासी जनजाति समुदायको संस्थागत साथै व्यक्तित्व विकासको लागि जायज मागहरुलाई आफुले सक्दो सम्बोधन गर्ने बताइन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राई, इटहरी उपमहानगर कार्यपालिका सदस्य प्रमोद शेर्पा , ९ नं. वडाध्यक्ष जितेन्द्र थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अल्पसंख्यक रहेका आदिवासी जनजातिमध्ये भोटे, भुजेल, माझी, थामी, सुनुवार, धिमाल, याक्खा, शेर्पा र मण्डल गरि नौ जातीलाई कार्यलय व्यवस्थापनका सामाग्री वितरण गरिएको नेफिन इटहरी अध्यक्ष चिराहाङ राईले जानकारी दिए ।
आफ्नो संस्थागत कार्यलय नभएको जातीय संस्थालाई सेफिन इटहरीको सामुदायिक भवन दोस्रो तलामा कार्यलय व्यवस्थापन गरिएको र उक्त सामाग्री वितरण कार्यले जातीय संस्थाको संस्थागत संरक्षण र विकासमा टेवा पुग्ने अध्यक्ष राईले बताए ।
आदिवासी जनजाति अन्तर्गत विभिन्न जातीय संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण नेफिन इटहरी सचीव टार्जन सुनुवारले गरेका थिए ।