काठमाडौं । प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
उनीहरू पक्राउ परेको १३औँ दिनमा थुनामुक्त भएका हुन् । ओली भक्तपुरको गुन्डुबाट र लेखक कटुन्जेबाट चैत १४ बिहान पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका टोलीले दुवैजनालाई उनीहरूकै निवासबाट पक्राउ गरेका थिए ।