घट्यो सुनको भाउ

न्युजलय १० जेठ २०८३, आइतबार ०५:३३ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीकै मूल्य घटेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको भाउ तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ थियो। 

आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ५ हजार १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।