काठमाण्डौ । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार(आज) ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन ।