धरानबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

न्युजलय १२ साउन २०८०, शुक्रबार ०२:२६ मा प्रकाशित

धरान । धरानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पकाउ परेका छन्। 

कोसी प्रदेश प्रहरी कार्यालय पीटीआई ईलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरूलाई धरानको पानबारीबाट पक्राउ गरीएको बताइएको छ । 

धरान –८ मा खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बिक,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराईली र २४ वर्षीय आलोक मगरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । लागुऔषध सहित पक्राउ परेकालाई जिल्लाअदालत सुनसरीबाट म्याद थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।