काठमाडौँ । सुनको भाउ आज तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।