झापाको बुद्धशान्तिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय १९ जेठ २०८०, शुक्रबार ०४:१२ मा प्रकाशित

 विर्तामोड ।  झापाको बुद्धशान्ति–३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प १७६४ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदल यात्री  स्थानीय ६५ वर्षीया बलबहादुर बस्नेतको मृत्यु भएको हो। मोटरसाइकलले ठक्कर दिँदा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। 

उपचारको लागि विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा लगिएको थियो। अस्पतालले दिउँसो बस्नेतको मृत्यु भएको जानकारी दिएको हो। प्रहरीले मोटरसाइकल चालक गौरादह–४ का ३० वर्षीय सन्देश तुम्बापोलाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ।